भारतमा त अक्सीजनको अभावका कारण धेरैले ज्यान नै गुमाइसकेका छन् ।
यस्तो स्थितिमा यदि हामीले कोरोनाबाट बच्ने हो भने हाम्रो शरीरलाई स्वास्थ राख्नु आवश्यक छ, जसका लागि हाम्रो फोक्सोले राम्रोसंग काम गर्नु आवश्यक छ ।
कोरोनाले हाम्रो फोक्सोमा नै आक्रमण गर्छ ।
त्यसैले हामीले आफ्नो फोक्सोको विशेष ध्यान दिनु आवश्यक छ ।
त्यसका लागि त्यस्ता खानेकुराहरु खानु हुँदैन, जसले हाम्रो फोक्सोलाई नराम्रा असर गर्छ ।
ती यस प्रकार छन् :
अल्कोहल
अल्कोहलले हाम्रो शरीरलाई नोक्सान पुऱ्याउँछ । धेरै मात्रामा अल्कोहलको सेवन गर्नाले त्यसको नराम्रो असर हाम्रो फोक्सो र लिभरमा पर्छ । यदि तपाईं पहिलादेखि नै कुनै लिभर सम्बन्धि समस्याबाट पिडित हुनु हुन्छ भने तपाईंले अल्कोहलबाट टाढा रहनु पर्छ ।
अत्यधिक नुन
अत्यधिक नुनले पनि हाम्रो फोक्सोमा धेरै नै हानी पुऱ्याउँछ । हाई सोडियम भएको भोजनको कारण अस्थमाको लक्षण पनि देखिन थाल्छ । त्यसैले हामीले अत्यधिक मात्रामा नुनको सेवन गर्नबाट बच्नु पर्छ ।
तारेको–भुटेको खानेकुरा
तारेको–भुटेको खाना स्वास्थका लागि राम्रो मानिँदैन, किनभने धेरै तारेको खानाले सास फेर्न समस्या हुन्छ । जसका कारण यसको नराम्रो असर हाम्रो फोक्सोमा पर्छ । त्यसैले तारेको खानाबाट बच्नु पर्छ ।
सफ्ट ड्रिङ्क्स
यदि स्वास्थ रहन चाहनु हुन्छ भने विभिन्न किसिमका सफ्ट ड्रिङ्क्सको सेवन गर्नु हुँदैन । सफ्ट ड्रिङ्क्सकको सेवनले गर्दा त्यसमा समावेश भएका अत्यधिक मात्रामा भएको शुगरले हाम्रो शरीरलाई हानी पुऱ्याउँछ । यदि कुनै व्यक्तिले हप्तामा पाँचभन्दा बढि सफ्ट ड्रिङ्क्क पिउँछ भने उसलाई छिट्ट ब्रोन्काइटिसको समस्या हुन सक्छ ।
धूम्रपान
धूम्रपानको प्याकेटमा पनि स्पष्ट रुपमा हाम्रो फोक्सोको लागि हानिकारक छ भनेर लेखिएको हुन्छ, तर मानिसहरु यस्तो देख्दा देख्दै पनि धुम्रपान गर्न मरि मेट्छन् । थाहा पाएर नै आफ्नो स्वास्थलाई नोक्सान पुऱ्याउन चाहन्छन् । धुम्रपानको सिधा असर फोक्सोमा पर्छ । त्यसैले धुम्रपान गर्नु अति नै हानिकारक छ ।
-कला कर्मी बाट



