झापा, झापामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा वढ्दै गएको छ । संक्रमण बढेसंगै मृत्यु हुने दर समेत बढ्दै गएको छ । झापा गाउँपालिकामा मात्रै फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । दुई दिनमा यहाँ दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । झापा गाउँपालिका वडा नं ४ का गणेश थरका ५७ वर्षीय पुरुषको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको जम्मुकाश्मिरमा कामको सिलसिलामा गएका उनी विरामी भएर बैशाख १२ गते फर्केका थिए । त्यसपछि उनलाई धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ निको नभएपछि नोवेल ल्याइएको थियो । विहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।यसअघि बुधबार सोही वडाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । झापामा विहीबार ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना पुरुषको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका अनुसार २३ महिलासहित ५० जनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah