प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै नागरिकको जीवन रक्षाका लागि सरकार लागि परिरहेको बताउनु भएको छ ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागि परेको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह समेत गर्नु भएको छ ।
’हरेक नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपोरोस् भन्नेमा सरकार संवेदनशील छ ।’
प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जनताको जीवन जोगाउनका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिँदै नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन दिने र संक्रमित भए उपचार गरिने बताउनु भयो ।
हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको पनि जानकारी दिनु यभो ।
प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताउनु भयो ।



