कोरोना

संक्रमणले डरलाग्दो रुप लिदै ,दैनिक संक्रमित सङ्ख्या संख्या मा वृद्धि


  काठमाडौँ   सवालनेपाल   २०७८ बैशाख २१, १९:१४

कोभिड–१९ को संक्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

मंगलवार देशभर सात हजार ६६० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ संक्रमित देखिएका थिए ।

मंगलवार १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा संक्रमण देखिएको हो । मंगलवार देखिएका संक्रमितसँगै कूल संक्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै मंगलवार एक हजार ७७५ संक्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।

५५ को निधन
यस्तै मंगलवार मात्र संक्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ संक्रमणबाट निधन भइसकेका छन् ।

२० जिल्लामा ५०० बढी संक्रमित
यसैगरी ५०० भन्दा बढी संक्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९
यस्तै संक्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं १ मा ९३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् ।

-हम्रकुरा बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु