बाँकेमा पछिल्लो २४ घण्टामा सात सय जनामा कोरोना संक्रमण् पुष्टि भएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा सात सय जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये ३०१ महिला र ३९९ पुरुषमा संक्रमण देखिएको छ।

योसँगै बाँकेमा ४ हजार ७ सक्रिय संक्रमित पुगेका छन्। तीमध्ये होम आइसोलेसनमा ३ हजार ५५९ जना, अस्पताल र संस्थागत आइसोलेसनमा ५७६ जना रहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बाँकेमा ४ महिला सहित १४ जनाको मृत्यु भएको छ। भने बाँकेमा उपचार उपचार गराइरहेका थप २ संक्रमितको पनि आज मृत्यु भएको छ।

बाँकेमा हालसम्म २८८ संक्रमितको मृत्यु भइसकेको छ। जसमा बाँके जिल्लाका माब १६० जना रहेका छन्। बाँकेको भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा पिसिआर परीक्षण गरिन्छ।

हालसम्म बाँकेमा ६२ हजार ३५७ जनाको पिसिआर परीक्षण गरिसकिएको छ। जसमा ११ हजार ९८१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

-स्वास्थ्यखबर बाट