आज बैशाख शुक्ल पक्षको तृतीया तिथी । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नु भनिएको छ । त्यसकारण आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्नेपनि मान्यता रहेको छ । तर यसवर्ष कोरोनाको कारण सर्बत बाडिएन । यसैबिच अक्ष्य तृतीयाको अवसर पारेर झापाको कमल गाउँपालिकामा रहेको दिब्यम भेनेरेसनले कोभिड संक्रमितहरुलाई आफैले तयार पारेको च्यावनप्रास बितरण गरेको छ । ४८ प्रकारका जडिबुटीबाट तयार पारिएको दिब्य अवलेह नामक च्यावानप्रास दमकमा रहेका कोभिड उपचार केन्द्रमा लगेर अस्पतालका प्रतिनीधिमार्फत संक्रमितहरुका लागि निशुल्क बितरण गरिएको दिब्यम भेनेरेसनका सञ्चालक चक्रपाणी गौतमले जानकारी दिए । उनले भने, “अरु समयमा ब्यापार गर्ने भएपनि यो समय सहयोग गर्ने समय भएकाले आफुसँग जे छ त्यहि सहयोग गरेको हु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah