भारतको बिहारको आरा जिल्लाको एउटा गाउँमा ४० वर्षकी महिलालाई २० दिन अघि ज्वरो आयो र उनले गाउँको मेडिकल स्टोरबाट किनेको औषधी खाएर निको भइन् । न कोरोना परीक्षण भयो न कुनै समस्या देखियो । तर दुई दिनपछि महिलाको आधा अनुहार दुख्न सुरु भयो । त्यसपछि पीडा देखिएको देब्रे आँखाको ज्योति गुम्यो, साथै बाहिर निस्कन थाल्यो । यो देखर डाक्टर पनि चकित भए । शुक्रबार महिलाको सीटी स्क्यान गरियो तब ब्ल्याक फंगस भेटियो । त्यसपछि महिलालाई पटना एम्स रिफर गरियो ।

डाक्टर पनि चकितः

आराको कौशल्या समय अस्पतालमा महिलाको उपचार गर्ने न्यूरो फिजिशियन डा. अखिलेश सिंहले यसले आफूलाई नै चकित बनाएको बताए । उनी भन्छन्, ‘महिलाको कुनै यस्तो हिस्ट्री छैन जसले ब्ल्याक फंगसको विषयमा आशंका पैदा हुन्छ । ’ पीडित संगिता देवीका अनुसार उनलाई कुनै समस्या थिएन ।

डा. अखिलेशका अनुसार उनको आँखाको ज्योति दुई दिनभित्रै गुमेको हो । सुरुमा ज्योति गुम्यो त्यसपछि आँखा बाहिर आयो । डाक्टरका अनुसार महिलाको हिस्ट्री र यो लक्षणले थोरै फंगसको शंका हुँदा सीटी स्क्यानको सल्लाह दिइयो । महिलाले पटनामा सीटी स्क्यान गर्दा फंगसबारे थाहा भयो ।

डा. अखिलेशका अनुसार यदि कोरोना संक्रमित हुनुहुन्थ्यो र निको हुनुभएको छ भने निकै सावधान हुन आवश्यक छ । डाक्टरको सम्पर्कमा रहनुपर्नेछ र बच्ने उपाय अवलम्बन गर्नुपर्नेछ । यदि कोही सुगर र रक्तचापका साथै अन्य गम्भीर रोगले ग्रसित हुनुहुन्छ भने उनीहरुले विशेष ध्यान दिनुपर्छ । खानपिन र व्यायामको विषयमा सावधानी अपनाउनुपर्नेछ ।

बिरामी नभएपनि लक्षणमा निगरानी राख्नुपर्छः

कोरोना वा अन्य कुनै रोग बिना पनि ब्ल्याक फंगसजस्तो लक्षण देखिँदा डाक्टरले यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने बताए । डाक्टर भन्छन्, ‘कोरोना हुँदा पनि कसैलाई लक्षण देखिँदैन । यस्ता बिरामीलाई बढी खतरा हुन्छ । त्यसैले कुनै पनि लक्षण देखिन्छ भने डाक्टरसँग सम्पर्क गरेर परीक्षण गनुहोस् । सुरुवाती समयमा रोगबाट पत्ता लाग्दा उपचार सहज हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah