विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा

४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र

बुद्धशान्तिमा ६–६, कमल गाउँपालिकामा ५, मेचीनगर र बा¥हदशीमा ३–३,

हल्दिबारीमा २, गौरादह, शिवसताक्षी, कनकाई र झापा गाउँपालिकामा र स्थानीय तह

नखुलेका १–१, सुनसरीको इनरुवामा ४३, इटहरीमा २२, धरानमा २१, दुहवी र

स्थानीय तह नखुलेका ४–४, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा १–१, मोरङको विराटनगरमा

५६, पथरीशनिश्चरेमा १०, कटहरीमा ६, उर्लाबारीमा ५, बेलबारी र बुढीगंगामा

४–४, जहदामा ३, लेटाङ, सुन्दरहरैचा, सुनबर्षी र ग्रामथानमा २–२, केराबारी र

रंगेलीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको चैनपुरमा १०, खाँदबारी र स्थानीय तह नखुलेका १–१, इलामको

इलाम नगरपालिका र चुलाचुलीमा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ३ र

पाख्रिबासमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका २,

ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २ र प्रदेश १

बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ५७ पुगेको छ । संक्रमित भएका

मध्ये ४९ हजार २३७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको

संख्या १५ हजार ७६८ रहेको मन्त्रालयले जनाएको छ । आज ३५८ जना

संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण

गरिएको छ । परीक्षण गरिएका मध्ये १७२ महिला र २०७ पुरुषको रिपोर्ट पोजेटिभ

आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।