नेपालमा १२ लाख ८१ हजार २४० जनाले कोरोना संक्रमण विरुद्धको दुवै डोज खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३३ लाख आठ हजार ७३० जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् । जसमध्ये कोभिशिल्ड कम्पनीको चार लाख ६० हजार ३०८ जनाले र भेरोसेल कम्पनीको ६ लाख ८२ हजार ७९० जनाले खोपको दुवै मात्रा लगाइएको मन्त्रालयले जनाएको छ ।
साथै विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । जसमा चीनमा मात्र एक अर्ब ४७ करोड ९५ लाख दुईहजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । त्यस्तै अमेरिकामा अहिले सम्म ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोना खोपको लगाइएको छ ।
ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना खोप लगाइएको छ ।



