पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ४९१ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार उक्त अवधिमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४४९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा १ हजार ४४४ जनाको मृत्यु भएको छ । रुसमा ७९६, भारतमा ४८१, अमेरिकामा ३५०, कोलम्बियामा ३५४, मेक्सिकोमा ३९३ र दक्षिण अफ्रिकामा ४३३ जनाको मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ लाख ५० हजार ५८४ पुगेको छ ।
विश्वमा सबैभन्दा बढी अमेरिकामा हालसम्म ६ लाख २६ हजार १६२ जनाको मृत्यु भएको छ । दोस्रो ठूलो संख्या ब्राजिलमा ५ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख १९ हजार ५०२, मेक्सिकोमा २ लाख ३७ हजार २०७ र पेरुमा १ लाख ९५ हजार ४२९ जनाको मृत्यु भएको छ ।
यस्तै विश्वमा पछिल्लो २४ घण्टामा थप ५ लाख ४७ हजार ६०९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा कुल संक्रमितको संख्या १९ करोड ३३ लाख ५२ हजार २५९ पुगेको छ ।
सबैभन्दा बढी अमेरिकामा ५४ हजार ६४३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा ब्राजिलमा ४९ हजार ६०३,इन्डोनेसियामा ४९ हजार ५०९ र बेलायतमा ३९ हजार ९०६ जनामा कोरोना संक्रमण भएको छ ।
हालसम्म विश्वमा कोरोना संक्रमण भएका १७ करोड ५६ लाख ९९ हजार १३५ जना निको भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार निको हुनेमा सबैभन्दा धेरै भारत रहेको छ । त्यहाँ हाज सम्ममा ३ करोड ४ लाख ६० हजार ३०४ जना निको भएका छन् ।
भारतपछि ठूलो संख्यामा संक्रमित निको अमेरिकामा भएका छन्।अमेरिकामा हालसम्म २ करोड ९४ लाख ७६ हजार ८९० जना निको भइसकेका छन्।ब्राजिलमा १ करोड ८२ लाख ५९ हजार ७११ जना निको भएका छन् ।



