पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ९० हजार ५४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरकाअनुसार सो अवधिमा सबैभन्दा बढी अमेरिकामा एक लाख २७ हजार ६४४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा ३८हजार ७१३ जना, ब्राजिलमा ३३ हजार ९३३ जना,युकेमा ३२ हजार सात सय जना, रसियामा २२ हजार २७७ जना र टर्कीमा २१ हजार ३७२जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या २० लाख ६९ लाख ५८ हजार ४९८ पुगेका छ ।
पछिल्लो समय विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदरमा कमी आउन थालेको छ । वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार १५५ जनाको मृत्यु भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै इन्डोनेसियामा १४ सय ३२ जनाको मृत्यु भएको छ ।
साथै, ब्राजिलमा ९२६ जना, रसियामा ८१५ जना, अमेरिकामा ७३८ जना, मेक्सिकोमा ६०८ जना, इरानमा ५२७ जना, भारतमा ४७४ जना, दक्षिण अफ्रिकामा ३८४ जना, अर्जेन्टिनामा २४६ जना, फिलिपिन्समा २९९ जना र मलेसियामा २७७ जनाको मृत्यु भएको छ ।
यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ लाख ५८ हजार २७४ जनाको मृत्यु भएको छ ।



