निषेधाज्ञा थप्ने निर्णय गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको अवधि थप्नेछ ।

अबको निषेधाज्ञामा विद्यालय पनि सञ्चालन गर्न दिने तयारी पनि भएको जनाइएको छ । तर विद्यालय सञ्चालनको मोडालिटी तयार भइनसकेकाले त्यसबारे आवश्यक छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। यसअघि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरसको महामारी बढेपछि गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ। पछिल्लो समय खोप लगाउनेहरु बढेको तथा संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाउनु पर्ने माग बढेको छ।