नेपालमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या एक करोड पुगेको छ । पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड पुगेको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले जानकारी दिए ।

मंगलबारसम्म कोभिडको पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या एक करोड पुगेको छ,पोखरेलले भने, ुदुवै मात्रा लगाउनेको संख्या करिब ६० लाख पुगेको छ ।

पहिलो मात्रा लगाउनेको पनि संख्या करिब ५० लाख पुग्‍न लागेको छ । नेपालमा हालसम्म तीन कम्पनीको मात्र खोप लगाइएको छ । चीनको भेरोसेल खोप, भारतको कोभिसिल्ड र अमेरिकाको जोनसन एण्ड जोनसन खोप लगाइएको छ । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय