काठमाडौं उपत्यकाका बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा हटेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो ।

बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर भाद्र मसान्तसम्मका लागि आदेश जारी गरिएको बताउनुभयो । उहाले स्वास्थ्य मापदण्डहरु पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गएको जिकिर गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाले अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको तर गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको जानकारी दिनुभयो ।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने उहाले बताउनुभयो । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ ।

स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै जात्रा पर्व महोत्सव, भोज भतेर गर्न नपाईने प्रशासनले जानकारी दिएको छ ।