प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ११ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय २०, झापामा १ सय १५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा २–२, ताप्लेजुङ, खोटाङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३२, बेलबारीमा १६, पथरीशनिश्चरेमा ७, बुढीगंगामा ५, रतुवामाईमा ४, कटहरीमा २, रंगेली, उर्लाबारी, जहदा र केराबारीमा १–१, झापाको विर्तामोडमा ३४, कनकाईमा १८, मेचीनगरमा १३, शिवसताक्षीमा १२, दमकमा ११, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा २–२, बुद्धशान्तिमा १, सुनसरीको इटहरीमा ५०, धरानमा ७, देवानगञ्ज र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, चौवीसे र पाख्रिबासमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणी, उदयपुरको बेलका र खोटाङको स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय