काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमणका कारण ३ हजार ३१४ व्यक्तिले ज्यान गुमाएका छन्।

आइतबारसम्म देशभर कोरोनाका कारण ११ हजार ४०७ ज्यान गुमाएका मध्ये ३ हजार ३१४ जना उपत्यका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं जिल्लामा हालसम्म २ लाख ४९ हजार ७९८ व्यक्ति कोरोना संक्रमित भएका छन्। एक हजार १२ जना व्यक्ति उपचाररत छन् भने २ लाख ४६ हजार ५९० व्यक्ति भने निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्म २ हजार १९६ संक्रमितको निधन भएको छ।

त्यसैगरी, भक्तपुर जिल्लामा २ लाख ९ हजार ७६६ संक्रमितमध्ये द्द लाख ८ हजार ८१० जना निको भइसकेका छ। ४३४ संक्रमितको मृत्यु भइसकेको छ भने ५२२ जना संक्रमित उपचाररत छन्।

४९ हजार४६३ संक्रमित भएको ललितपुरमा ४८ हजार २३७ संक्रमित निको भइसकेका छन् भने ५४२ संक्रमित हाल उपचाररत छन्। ललितपुरमा हालसम्म ६८४ जना संक्रमितको मृत्यु भइसकेको छ।