भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कात्तिक ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको गएराती १०।३० बजे मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४० जना पुगेको छ । बाँकेमा ठूलो संख्यामा नभए पनि अझै फाटफुट रुपमा कोरोना संक्रमित फेला परिरहेका छन् भने केही दिनको फरकमा मृत्यु पनि भइरहेको छ ।