विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।

हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरुको विरोधमा विभिन्न शहरहरुमा हिंसात्मक झडप पनि भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संक्रमण बढ्दै गएको अवस्थामा संगठनले मृतकको संख्या बढ्न सक्ने बताएको छ। हाल युरोपमा एकदिनमा करिब ४ हजार २०० जनाको मृत्यु भइरहेको तथ्यांक संगठनले दिएको छ। रसियामा मात्रै एकैदिन १ हजार २० जनाको मृत्यु भइरहेको छ। हालसम्म युरोपका करिब ५३ देशहरुमा १५ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। यी मध्ये ४९ देशमा सन् २०२२ को मार्चसम्म आइसियुमा धेरै संख्यामा मानिस भर्ना हुन सक्ने चेतावनी संगठनले दिएको छ।

विश्व स्वास्थ्य संगठनले खोप नलगाउनेको संख्या धेरै भएको र केही राष्ट्रमा डेल्टा भेरियन्टको जोखिम बढेकोले युरोपमा संक्रमण बढेको अनुमान गरेको छ।