पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८७८ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९६६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३४२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२३पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १७१ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख २७ हजार ६११ जनाले काेराेना विरुद्धकाे खाेप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर