पछिल्लाे २४ घन्टामा देशभर थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २५९ जनामा संक्रमण पुष्टि भएकाे हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशैभर ९ हजार ८८८ जनाको कोरोना परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे २४ घन्टामा थप एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५२४ पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घन्टामा थप २६८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्।