कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ८८ हजार डोज मोडेर्ना खोप आउने भएको छ।

विश्व स्वास्थ्य संगठनले १२ वर्षमाथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको यो खोप भोलि शुक्रबार नेपाल ल्याइने भएको हो। यो खोप आइसकेपछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी सरकारको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि, स्वास्थ्य सेवा विभाग खोप शाखाका अनुसार खोप कुन उमेर समूहकालाई दिने भनेर अहिलेसम्म निर्णय भने भइसकेको छैन। आइतबार बस्ने खोप सल्लाहकार समितिको बैठकले यो निर्णय गर्नेछ।

यसअघि अमेरिकी खोप फाइजर पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो। मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।