नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०५ जना संक्रमित थपिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ९९५ जनाको पिसिआर परीक्षण र २७५२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।

४३६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

यसको संक्रमणबाट १ को मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्।