विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले अहिले विश्वभर प्रयोग भइरहेको कोरोना खोप नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न पनि सक्षम रहेको बताएका छन्।दक्षिण अफ्रिकाको प्रयोगशालामा गरीएको परीक्षणले फाइजरको खोप ओमिक्रोन भेरियन्टमा आंशिक मात्र प्रभावकारी देखाएको समाचार आएसँगै डब्ल्यूएचओले यस्तो बताएको हो। डब्ल्यूएचओका डाक्टर माइक रयानले अहिलेसम्म कोरोना खोप अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा कम हुने कुनै संकेत नदेखिएको बताएका छन्। रयानले भने, ‘हामीसँग धेरै प्रभावकारी खोप छन्, जुन गम्भीर बिरामी र अस्पतालमा भर्ना हुनेको संख्या घटाउन अहिलेसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी देखिएका छन्। त्यसैले ओमिक्रोन विरुद्ध यसको असर कम होला भनेर सोच्नुपर्ने कुनै कारण छैन।’ रयानले ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टको तुलनामा धेरै संक्रामक पाइए पनि संक्रमितहरुमा गम्भीर लक्षण भने नदेखिएको बताएका छन्। दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानको एक हिस्सा रहेका एलेक्स सिंगलले पनि अहिले उपलब्ध खोपहरू प्रभावकारी रहेको भन्दै बुस्टर डोज दिनु ओमिक्रोनको संक्रमणविरुद्ध महत्वपूर्ण कदम हुन सक्ने बताएका छन्।
कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी–डब्ल्यूएचओ
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी–डब्ल्यूएचओ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



