नेपालका छ वटा जिल्लामा कोभिडको सक्रिय संक्रमित शून्यमा झरेको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङअनुसार सुनसरी, भक्तपुर,कास्की,नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुईभन्दा बढी पाँच सयसम्म छ । पाँच सयसम्म सक्रिय संक्रमित भएका जिल्लालाई मन्त्रालयले पहेँलो जोनमा राखिदिएको छ । त्यस्तै, काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित क्रमशः पाँच सय ९३ र पाँच सय ५३ छन् ।सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्लालाई संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा राखिएको छ । यीबाहेक अरू जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम छ । नेपालमा अहिले संक्रमणदर १७ दशमलव ६ प्रतिशत र सक्रिय संक्रमित छ हजार तीन ५२ छन् । त्यस्तै, नेपालमा हालसम्म एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले पहिलो मात्राको खोप लगाएका छन् । तीमध्ये ८७ लाख ८० हजार चार सय ३३ ले पुर्ण मात्राको खोप पाएका छन् ।
६ जिल्लामा कोरोना संक्रमित शून्य
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

६ जिल्लामा कोरोना संक्रमित शून्य
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कोरोना संक्रमित

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



