विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । तर, तीव्र फैलिन्छ भनेर निष्कर्षमा पुग्नुअघि अझै बढी तथ्याङ्क अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनकाे लक्षणबारे प्रष्ट तथ्याङ्क उपलब्ध गराउनसमेत प्रभावित देशहरूलाई उनले अनुरोध गरे ।दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरूले सीमामा कडाइ गर्नुका साथै विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्नेछ,’ उनले भने । पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले सङ्क्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए । नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको सङ्क्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् ।
ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ : डब्लूएचओ
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ : डब्लूएचओ
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कोरोना

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



