विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ कोभिड भेरिअन्ट सम्भवत: विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने जनाएको छ।
७७ देशमा पुष्टि भइसकेको यो निकै उत्परिवर्तित भेरिअन्ट निकै तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताए। डा टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए।
ओमिक्रोन भेरिअन्टको सम्भावित तेस्रो लहर छल्न भारतमा के गरिँदैछ

गेब्रेयससले सङ्क्रमणसँग जुझ्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तिब्र गतिमा काम गर्न आग्रह गरेका छन्।
डब्ल्यूएचओ प्रमुखले थप के भने?
पत्रकारहरूसँग कुरा गर्दै उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरिअन्टमा नदेखिएको दरमा भइरहेको बताए।
उनले भने, “ओमिक्रोनले कम गम्भिर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुन: चाप बन्न सक्छन्।”
यस भेरिअन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका बेला मङ्गलवारको पत्रकार सम्मेलनमा डा टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याए।
उनले बूस्टरहरूले ‘कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने’ भए पनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताए।
यस भेरिअन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो।
जससँगै कयौँ देशहरूले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन।
डब्ल्यूएचओ प्रमुखले केही समीक्षाले अबका केही दिनमै ओमिक्रोन युरोपमा केही देशमा सबैभन्दा प्रभावी भेरिअन्ट हुनसक्ने सङ्केत गरेको बताएका छन्।
फाइजर/बायोएनटेकको पछिल्ला अध्ययनले सुरुवाती स्ट्रेनमा भन्दा खोपले निकै कम रोगप्रतिरोधी तत्व विकास गर्ने तर त्यसलाई तेस्रो बूस्टर मात्राले जुझ्न सकिने देखाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah