बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ। त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन्।

अधिकारीहरुका अनुसार कोरोनाका कारण १८ जनाको ज्यान गएको छ। अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले त्यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलायतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण त्यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ। पछिल्लो समयमा त्यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ।