पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २२० जनाको सो अवधिमा मृत्यु भएको छ।

मन्त्रालयका अनुसार एक दिनमा भारतमा ७५८५ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओमिक्रोन भेरियन्टबाट संक्रमितको संख्या पनि बढिरहेको छ। एक दिनमा ओमिक्रोन भेरियन्टको १२७० जना संक्रमित भेटिएका छन्।

यससँगै भारतमा ३ करोड ४८ करोड भन्दा धेरै मानिस संक्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ८१ हजार ८० जनाको मृत्यु भएको छ।