विश्वका विभिन्न देशहरूमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै विज्ञहरूले तेस्रो लहरको सङ्केत हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा २९ डिसेम्बरयता दैनिक झन्डै ५ हजार नयाँ सङ्क्रमित थपिन थालेका छन् ।भारतमा डिसेम्बर २८ मा करिब ९ हजार रहेको दैनिक सङ्क्रमित हुनेको सङ्ख्या हिजो अर्थात् ३ जनवरीमा ३७ हजार नाघेको छ । बेलायतमा पनि हिजो मात्रै १ लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएका छन् । त्यहाँ पनि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । यस्तै वल्र्डाेमिटरको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्ला दिनहरूमा विश्वभर कोभिड-१९को सङ्क्रमण बढ्दै गएको छ । डिसेम्बर २६ मा करिब ६ लाख ९० हजार नयाँ थपिने सङ्क्रमित रहेकोमा जनवरी ३ मा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या साढे १३ लाख भन्दा बढी पुगेको छ । खास गरी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता विज्ञहरूको छ । पछिल्ला दिनमा बढिरहेको सङ्क्रमणले समेत त्यसैको सङ्केत गरेको देखिन्छ । भारतका सबै प्रदेशमा नयाँ थपिइरहेका सङ्क्रमितमध्ये आधा सङ्क्रमित ओमिक्रोन भेरियन्टबाटै सङ्क्रमित भइरहेको हुनसक्ने विज्ञहरूको आङ्कलन छ । ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै बढी सङ्क्रामक भएका कारण फेरि स्वास्थ्य क्षेत्रमाथि सङ्कट आउन सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसअघि नै दिइसकेको छ । विश्वभर सङ्क्रमण बढ्दै जाँदा नेपालमा समेत महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता देखिएको छ । यसबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नागरिकहरूलाई खोप लगाउन आग्रह गरिरहेको छ भने, जोखिमपूर्ण समूहका नागरिकहरूलाई खोपको तेस्रो मात्रा लगाउन समेत आग्रह गरिसकेको छ । भारतमा सङ्क्रमण बढ्दा नेपालमा समेत प्रत्यक्ष असर पर्ने र सङ्क्रमण बढ्ने विज्ञहरूको भनाइ छ । यसै कारण सबैले सचेत हुन आवश्यक देखिन्छ ।
विश्वभर बढ्यो काेराेना संक्रमण : महामारीको तेस्रो लहरको सङ्केत
सवालनेपालसंवाददातामंगलबार, २० पुस २०७८

विश्वभर बढ्यो काेराेना संक्रमण : महामारीको तेस्रो लहरको सङ्केत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



