पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ । आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ । भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन संक्रमित भेटिएका छन् । कोभिड-१९ सम्बन्धी भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका सल्लाहकार डा. एनके अरोराले भारतमा तेस्रो लहर सुरु भैसकेको बताएका छन् । जसमा ओमिक्रोनको योगदान ५० प्रतिशत रहेको छ । ‘पछिल्लो साता निकै बढेको कोरोना संक्रमणले तेस्रो लहर सुरु भएको बताउँछ । अन्य थुप्रै मुलुकमा समेत यो ट्रेन्ड देखिएको छ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर