पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ । आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ । भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन संक्रमित भेटिएका छन् । कोभिड-१९ सम्बन्धी भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका सल्लाहकार डा. एनके अरोराले भारतमा तेस्रो लहर सुरु भैसकेको बताएका छन् । जसमा ओमिक्रोनको योगदान ५० प्रतिशत रहेको छ । ‘पछिल्लो साता निकै बढेको कोरोना संक्रमणले तेस्रो लहर सुरु भएको बताउँछ । अन्य थुप्रै मुलुकमा समेत यो ट्रेन्ड देखिएको छ’ उनले भने ।
भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, २१ पुस २०७८

भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कोरोना संक्रमित

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



