कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउने प्रविधि विस्तार गरिएको छ । अहिलेसम्म टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आएको थियो । अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित अन्य ६ प्रयोगशालामार्फत जिन सिक्वेइन्स गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाल प्रदेश नम्बर २ र भेरी अस्पतालबाट एस–जीन स्क्रिनिङ गर्ने सुविधा थपिएको हो ।आगामी दिनमा थप स्थानमा पनि आवश्यकताको आधारमा थप गर्न सकिने मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । कोरोना संक्रमण पत्ता लगाउनको अहिले देशभर ८९ वटा प्रयोगशाला छन् । ती सबै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत छन् ।
ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि ६ स्थानमा थपियो
सवाल नेपाल संवाददाताशुक्रबार, २३ पुस २०७८

ओमिक्रोन भेरियन्ट पत्ता लगाउने प्रविधि ६ स्थानमा थपियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



