कोरोना संक्रमण बढ्न थालेपछि भारतको दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले राजधानी नयाँदिल्लीका सम्पूर्ण निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ । आपत्कालीन सेवा प्रदान गर्ने कार्यालयहरू भने खुल्ने प्राधिकरणद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कार्यालयको काम घरबाटै गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । त्यस्तै दिल्लीका सम्पूर्ण रेस्टुरेन्ट र बारहरू पनि बन्द रहनेछन् । तर‚ ‘होम डेलिभरी’ भने गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।दिल्लीमा मेट्रोहरू चल्ने तर उभिएर यात्रा गर्न नपाइने भएको छ ।दिल्लीमा पछिल्लो २४ घण्टामा ५ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । हाल दिल्लीमा ६५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
संक्रमण बढेपछि दिल्लीका सबै निजी कार्यालय बन्द
सवालनेपालसंवाददातामंगलबार, २७ पुस २०७८

संक्रमण बढेपछि दिल्लीका सबै निजी कार्यालय बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



