पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तिव्र रूपमा फैलिएपछि सरकारले प्रतिबन्धात्मक नियम लागू गर्न सुरू गरेको छ। सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाण पत्र देखाउनुपर्ने नियम लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । यसैबीच काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आजदेखि २५ जनाभन्दा बढी भेला हुन नदिनेलगायतका प्रतिबन्धहरू लागू गरेको छ। सरकारको पछिल्लो निर्णयसँगै खोप लगाउन छुटेकाहरू खोप लागउन थालेका छन्। खोप केन्द्रहरुमा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको भिड बढ्न थालेको छ। काठमाडौंको टेकू अस्पतालमा पछिल्लो केही दिनयता खोप लगाउन जानेको संख्या बढेको छ। खोप लगाउन सयौंको संख्यामा लाइन बसेर पालो कुरिरहेका छन्। यसैबीच नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो। मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।
खोप लगाउन घन्टौंदेखि लाइनमा
सवालनेपालसंवाददाताबुधबार, २८ पुस २०७८

खोप लगाउन घन्टौंदेखि लाइनमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



