जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएको छ । कोभिडको जोखिम बढेको भन्दै प्रशासनले भेला हुन रोक लगाएको हो । हिजो सन्धिखर्कमा सम्पन्न जिल्ला संकट समन्वय केन्द्र (डिसिसिएमसी) बैठकको निर्णयअनुसार कुनै पनि राजनीतिक, सामाजिक, प्रशासनिक गतिविधिलगायतका सभा, सम्मेलन, भेला, जात्रा, महोत्सव, हाटबजार जस्ता भीडभाडजन्य कार्यक्रम नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । यस्तै सार्वजनिक स्थलमा प्रवेशको लागि खोप कार्ड अनिवार्य गराइएको छ । सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बन्द गराउन अनुरोध गरेको प्रशासनले पूर्वनिर्धारित परीक्षाहरु भने जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ ।
सिट क्षमताभन्दा बढी यात्रु नबोक्न तथा हरेक पटक सवारी साधनहरुलाई निसंक्रमण गर्न प्रशासनले अनुरोध गरेको छ । सवारी साधनहरुको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाएका यात्रुलाई नचढाउन प्रशासनले निर्देशन गरेको हो । अधिकांश जिल्लामा यस्तै खालका निर्देशन जारी भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको छ । प्रशासन र स्थानीय तहले दिएको निर्देशनलाई लत्याउँदै राजधानीका सडकमा मास्क नलगाएका सर्वसाधारण समेत भेटिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah