कोरोना भाइरस (कोभिड-१९) को महामारीका बीच आन्तरिक उडानमा सर्वाधिक यात्रुले हवाई यात्रा गरेको रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२१ मा कुल ३५ लाख ९ हजार ७ सय १८ जना यात्रुले आन्तरिक तर्फ हवाई यात्रा गरेका छन् । यो आन्तरिक तर्फ अहिलेसम्मकै उच्च हो । सन् २०२० मा हवाई यात्रा सबैभन्दा बढी खुम्चिएको थियो । सो वर्ष कडा लकडाउनको सामना गरेका वायुसेवा कम्पनीले त्यसपछि खुलेको समयमा यात्रु आकर्षित गर्न आकर्षक प्याकेज ल्याएका थिए । यति एयरलाइन्स र बुद्ध एयरले आन्तरिक ट्राभल प्याकेज नै ल्याएर यात्रु आकर्षित गरेका थिए । यसको प्रभाव आन्तरिक उडानमा देखिएको छ । सन् २०२० मा मात्र १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले यात्रा गरेका थिए । त्रिभुवन विमानस्थलबाट १७ लाख ९१ हजार १ सय ४५ यात्रु बाहिरिएका थिए । १७ लाख १८ हजार ५ सय ७३ जना यात्रु काठमाडौं भित्रिएका थिए ।
कोरोना महामारीकै बीच आन्तरिक उडानमा ३५ लाख बढी यात्रुले गरे यात्रा
सवालनेपालसंवाददाताशुक्रबार, ३० पुस २०७८

कोरोना महामारीकै बीच आन्तरिक उडानमा ३५ लाख बढी यात्रुले गरे यात्रा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



