अस्ट्रेलियामा २४ घन्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा यथाशक्य छिटो ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन् । उक्त क्षेत्रमा पठाइने स्वास्थ्यकर्मीहरू तालिमप्राप्त र अनुभवी हुने भन्दै मन्त्री ग्रेगले ती क्षेत्रमा औषधिको समेत पर्याप्त आपूर्ति गर्ने जानकारी दिए । उनले पछिल्ला एक/दुई सातामा कोरोना संक्रमणले देशको स्वास्थ्य प्रणालीलाई केहि दबाबमा पारेकाले यसलाई छिटै नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी अस्ट्रेलियामा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विगतको तुलनामा बढेको पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अस्ट्रेलियामा कोभिडबाट एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, ४ माघ २०७८

अस्ट्रेलियामा कोभिडबाट एकै दिन अहिलेसम्मकै धेरैको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



