कोसी अस्पताल विराटनगरका चिकित्सकसहित ४० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले मंगलबार बिहानसम्म ४० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए । “अस्पतालको जनशक्ति नै संक्रमित भएपछि विभिन्न क्षेत्रको स्वास्थ्य सेवा सञ्चालन गर्न कठिनाइ भएको छ,” दासले भने ।
दासका अनुसार कोसी अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराइरहेको छ । परीक्षणसँगै संक्रमित हुने संख्या पनि थपिएको हो । अझै संक्रमित थपिन सक्ने भएपछि अस्पतालका विभिन्न वार्डहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल र योजना बनाइरहेको उनले बताए ।
सोमबार साँझसम्म अर्थोपेडिक वार्डमा कार्यरतहरूमा संख्यात्मक रूपमा बढी संक्रमित पाइएपछि सेवा बन्द गरिएको छ । कोसी अस्पतालमा विभिन्न फाँटमा ६०० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय