विश्वभर पछिल्लो समय काेभिड- १९ को नयाँ भरियन्ट ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने विज्ञहरुको भनाई छ ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा-हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने छन् । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

पछिल्लो समय बढ्दो क्रममा फैलिरहेको ओमिक्रोनको संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य मापदण्डहरु जारी हुने गरेका छन्। छिटोछिटो फेलिरहेको ओमिक्रोनका लक्षणहरु के के हुन सक्छन् त? बेलायतमा हालै गरिएको ‘जोय कोविड स्टडी’का अनुसार ओमिक्रोन संक्रमितका मुख्यगरी २० वटा लक्षण हुन्छन्।

यी हुन् २० लक्षण: १. थकाइ लाग्नु २. रिङ्गटा चल्नु ३. खाना खान मन नलाग्नु ४. कमजोरी महसुस हुनु ५. लगातार खोकी लाग्नु ६. जाडो हुनु वा काम छुट्नु ७. ज्वरो आउनु ८. छिटै बिर्सनु ९. स्वाद बदलिनु

१०. आँखा दुख्नु ११. मांसपेशी धेरै दुख्नु १२. गन्ध थाहा नहुनु १३. टाउको दुख्नु १४. छाती दुख्नु १५. लगातार खोकी लाग्नु १६. हाछ्युँ आउनु १७. घाँटी खसखस गर्नु १८. पातलो सिँगान आउनु १९. छालामा समस्या आउनु २०. आवाज कर्कश हुनु