सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो। तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक/एक जना रहेका छन्। निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदिश जोशीले प्रदेशमा संक्रमित देखिएकामध्ये धेरैमा ओमिक्रोन हुनसक्ने अनुमान गरिएको बताए। यसअघि यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भने भएको थिएन।सुदूरपश्चिममा कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला छैन। अहिले सुदूरपश्चिममा चार हजार २ सय ७९ जना कोरोना संक्रमित छन्। उनीहरू अधिकांश घरमै आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। यस प्रदेशमा ५९ प्रतिशतले कोरोना विरूद्धको दुवै मात्रा खोप लगाएका छन् ।
सुदूरपश्चिममा चार जनामा ओमिक्रोन पुष्टि
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

सुदूरपश्चिममा चार जनामा ओमिक्रोन पुष्टि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



