प्रदेश १ को कोसी अस्पतालमा कार्यरत १ सय २२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। मेसु चुमनलाल दाससहित १ सय २२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। लक्षण नै नदेखिएर अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भइरहेको हो। २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्। स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ता गर्दा अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। अस्पताल प्रशासनले ठूलो संख्यामा चिकित्सक संक्रमित हुँदा स्वास्थ्य सेवा दिन असहज हुनेभन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



