प्रदेश १ को कोसी अस्पतालमा कार्यरत १ सय २२ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। मेसु चुमनलाल दाससहित १ सय २२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। लक्षण नै नदेखिएर अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भइरहेको हो। २२ जना विशेषज्ञ चिकित्सक, ४१ नर्स, ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्। स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ता गर्दा अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। अस्पताल प्रशासनले ठूलो संख्यामा चिकित्सक संक्रमित हुँदा स्वास्थ्य सेवा दिन असहज हुनेभन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर