ओमिक्रोनको जोखिम बढेसँगै बजारमा मास्कको व्यापार पनि बढेको छ । मास्कको अस्थिर मुल्य एकातिर छ भने कस्तो खालको लगाउने ? कस्तो मास्कले कसरी काम गर्छ भन्ने जिज्ञासा पनि रहेको छ ।

संक्रमित व्यक्तिले कस्तो मास्कको प्रयोग गर्ने अनि अरुले कस्तो मास्क प्रयोग गर्ने भन्ने कुरा जान्न आवश्यक हुन्छ । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ?

– विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले

– रुघाखोकी लागेको व्यक्तिले

– श्वासप्रश्वास सम्बन्धी समस्या भएको व्यक्तिले

एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ?

– अस्पतालमा कार्यरत चिकित्सकले

– बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले

– कोरोना भाइरसको संक्रमण भएको व्यक्तिले

मास्क कसरी लगाउने ?

– जहिले पनि रंगीन भागबाहिर पारेर लगाउनुपर्छ

– चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा बाफ नजाने गरी लगाउनुपर्छ

– मुखभन्दा तलबाट पनि मास्कमा हावा छिर्नु हुँदैन

– मुख र नाक दुवैमा राम्रोसँग फिट हुने गरी लगाउनुपर्छ

मास्क पाइएन भने के गर्ने ?

– सर्जिकल मास्क वा मेडिकल मास्क पाइएन भने संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा रुमालले भए पनि नाक र मुख छोप्नुपर्छ

कोरोना भाइरसबाट कसरी बच्ने ?

– सबैभन्दा पहिला आफ्नो व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने

– साबुन पानीले हात राम्रोसँग धुने

– घरबाहिर हातले खाना नखाने

– खानै परे हातमा स्यानेटाइजर लगाएर मात्रै खाने

– शौचालय गएपछि साबुनपानीले हात धुने

– बाहिरबाट घर आएलगत्तै राम्ररी हात धुने

– सम्भव भएसम्म मास्क लगाउने

– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने

– बाहिरको मान्छेसँग बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने

– माछा, मासु राम्रोसँग पकाएर खाने

– सकेसम्म काँचो फलफुल नखाने

– घाममा बस्ने

घरबाहिर निस्किदा के गर्ने ?

– नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिएकोले सार्वजनिक गाडीमा हिँड्दा डराउनु पर्दैन

– घरबाहिर निस्किदा मास्क लगाउने

– बिहेको मौसम भए पनि धेरै भिडभाड नगर्ने, भोजभतेर नगर्ने

– जमघट हुने कार्यक्रम, सभा र सम्मेलन नगर्ने

– विदेशबाट आएको व्यक्तिमा विमानस्थलमा कुनै लक्षण नदेखिए पनि १४ दिनभित्र रुघाखोकी लाग्न सक्छ, रुघाखोकी लागे नआत्तिइकन अस्पताल जाने

( सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र डाक्टर सागर राजभण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )