वर्ल्ड टुर अन्तर्गत दोस्रो टुरका लागि नेपाल आइडल टप ६ को टोलि अष्ट्रेलिया प्रस्तान गरेको छ । अष्ट्रेलियाका विभिन्न सहरमा हुने कन्सर्टमा आआफ्नो प्रस्तुति राख्न टप ६ को टोलि त्यहा प्रस्तान गरेको हो । नेपाल आइडलका बिजेता रवि ओडले सामाजिक संजालमा स्टाटस राख्दै आफुहरु अष्ट्रेलिया जना लागेको जानकारी गराएका हुन् । १० दिने जापानको टुर सकाएर स्वदेश फर्किएका नेपाल आइडलका बिजेता हरुको दोस्रो टुर अष्ट्रेलिया हुने भएको छ । टुरमा नेपाल आइडलका टप ६ को बिशेष प्रस्तुति रहने छ । नेपालकै चर्चित रियालिटी सो नेपाल आइडल सिजन-२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी अस्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन् । कन्सर्टमा नेपाल आइडल-२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन्

नेपाल आइडल-२ एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी सो हो ।

आगामी फेब्रअरी ८ अर्थात् माघ २५ गते शुक्रबार सिडनीको लिभरपुल स्ट्रिटस्थित सार्क होटेलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल-लाइभ इन् सिडनी’ मा नेपाल आइडल-२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायकगायिकाहरू प्रस्तुत हुँदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो । वर्ल्ड टुर अन्तरगत अष्ट्रेलिया दोश्रो टुर हो ।

नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेर साथ दिनेछन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

कार्यक्रम सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् । अस्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले यो बृहत् सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दीपेश पुनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah