मुम्बइ। कोइ मिल गया, आपका सुरुर जस्ता बलिउड फिल्म तथा कैयौं दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी अभिनेत्री हंसिका मोटवानीको एक हप्ता पहिले निजी फोटोहरु लिक भएका थिए । लिक भएका फोटोमा हंसिका बिकिनीमा देखिएकी थिइन् । रिपोर्टका अनुसार हंसिका अनलाइन ह्याकरको शिकार भएकी हुन् । ह्याकरले हंसिकाका बिकिनी सेल्फीहरु अनलाइनमा लिक गरेका थिए । लिक भएका फोटोका विषयमा हंसिका अहिले एक हप्तापछि बोलेकी छिन् ।

फोटोलाई पब्लिसिटी स्टन्ट भन्नेहरुलाई हंसिकाले जवाफ दिएकी छिन् । उनले भनिन् ‘चर्चाको लागि मलाई यो सब गर्नु जरुरी नै छैन ।’ एक समाचार पोर्टललाई दिएको अन्तरवार्तामा हंसिकाले भनिन् ‘मलाई कसैबाट पनि चासो पाउनु छैन । मैले जब आफ्नो करिअर सुरु गरें त्यतिबेलादेखि नै लो प्रोफाइल रहें । यो कुरा मेरो सामाजिक संजाल प्रोफाइलबाट पनि थाहा हुन्छ । मैले यो चर्चामा आउनका लागि गरेको कसैले सोच्छ भने ऊ गलत छ ।’

हंसिकाले आफू हालै अमेरिकाबाट आउँदा आफ्नो फोनसँग केही छेडछाड भएजस्तो लागेको बताइन् । उनले फोटो लिक भएपछि आफूलाई झट्का लागेको बताइन् । यी फोटो ४ वर्ष पहिले खिचिएको र केही फोटोलाई ह्याकरले मर्फ गरेको उनले बताइन् । उनले आफ्नो ट्वीटर पनि ह्याक भएको बताउँदै यसलाई आफ्नो टेक्निकल टिमले सम्हालेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah