दमक/गंगादेव चौधरी दमकमा शिक्षा क्षेत्रमा एउटा उदाउदो नाम हो । शिक्षित युवाहरु विदेशीएको अवस्थामा दमकमा उनि शिक्षा क्षेत्रको सुधार आफ्नै ठाँउबाट गर्न सकिन्छ भनेर अक्सफोर्ड इङलिस सेकेण्डरी स्कूलमा
अध्यक्षको रुपमा कार्यरतछन् ।
चौधरी लायन्स क्लव मार्फत सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेकाछन् । हसिलो स्वभावका उनि शिक्षा, सामाजिक क्षेत्रसंगै अब सांगीतिक दुनियामा समेत चिनिन थालेकाछन् । सागीतिक क्षेत्रमा दमकलाइ चिनाउन उनी लागेकाछन् ।
वाल्यकालदेखि गीत गाएर अरुलाइ मोहित बनाउने उनले अहिले आफ्नो गीत रेकर्ड गराएकाछन् । शुरुवातका दिनमा अवसर नपाएका कारण नै आफुपछि परेको उनको बुझाइ छ । विद्यालय जीबनमा राम्रो गीत गाएका कारण नै उनलाइ स्थानीय विकाश रनपहेली साँगेतीक उपकरण प्रदान गरेका थिए । क्याम्पसमा पनि उनले स्टेजमा गीत गाए । अन्जिव सिंह, अनिल सिंह, सुगम पोखरेल, दीपेश भट्टराइका गीत खुब गाए ।
यसरी नै बित्यो उनको १० बर्ष । तर अब उनि सांगीतिक आकाशमा उदाएकाछन् । उनलाइ चर्चित गायक संजिब सिंहले साथ दिएकाछन् । गायक सिंहको फेसबुक पेजमा नम्बर भेटेर फोन गरेर प्रभावमा पारेका उनि अब आफ्नो यो यात्रा शुरुवात भएको बताउछन् ।
अहिले चौधरीले प्रियतमा एल्बम तयार पारेकाछन् । युट्युवमा राम्रै चल्न शुरु गरेको छ । उनको एल्बममा एउटा पप, अर्को लोकगीत र अरु ३ वटा आधुनिक गीत रहेकाछन् । उनि यो सबै योगदानको हकदार भने गायक संजिब सिंह भएको बताउछन् ।



