पछिल्लो समय भारतीय विभिन्न रियालिटी शोहरुमा नेपालीहरुको बाहुल्यता र पहुँच निकै बढिरहेको छ । एक पछि अर्काे गर्दे नेपाली युवायुवतीहरुले भारतीय रियालिटी शोमा आफनो प्रस्तुती दिँदै नेपाल र नेपालीहरुको नाम उच्च पारेका छन् । यसबीचमा भारतकै चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका दुई बालकहरुले गजब्बको प्रस्तुती दिईरहेका छन् । हिजो आईतबार प्रसारण भएको कार्यक्रममा इटहरीका प्रितम आचार्यले यस्तो प्रस्तुती दिएकी जुन देखेर हरेक नेपालीले गर्ब महसुस गरेका छन् ।

उनले ‘नमक हलाल’ फिल्ममा समाबेश “के पग घुँघुँरु” गीत गाएका थिए । चर्चित गायक किशोर कुमारको आवाजमा रहेको उक्त गीत प्रितमले यसरी गाए जसको प्रशंसा जज , जुरी मेम्बर र अतिथी जज जस्विन्दर निरुलाले पनि प्रशंसा नगरी बस्न सकिनन् । जजहरु सान , ऋचा शर्मा र अमाल मलिक प्रितमको प्रस्तुतीबाट मन्त्रमुग्ध भए भने जुरी लगायतका टिमबाट उनले स्ट्याण्डिङ ओभिएसन नै पाए । त्यतीमात्र होईन उनले जुरीबाट सय मा सय प्रतिशत नै नम्बर ल्याई चार्टबस्टर पफर्मेन्स दिए ।
उनले यसरी नै चार्टबस्टर पफर्मेन्स दिईरहे फाईनलसम्मको यात्रा सहजरुपले तय गर्न सक्छन् । यसअघि मेघा अडिसनमा पनि उनले गीत गाउँदा जजहरु नै रोएका थिए । सुरशाला जुनियर आइडलको उपविजेता समेत रहेका प्रितम कक्षा ६ मा अध्ययनरत छन् । उनी चर्चित गायक अमृत क्षेत्रीका शिष्य समेत हुन् । यति सानो उमेरमा नेपालको प्रतिनिधित्व गर्दे बिदेशी च्यानलमा नेपाल र नेपालीहरुको नाम राखिराख्दा सबै नेपालीहरुले प्रितमप्रति गर्व महसुस गरिरहेका छन् ।



