भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले सहभागीता जनाईरहेका छन् । ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपाल प्रतिनिधित्व गर्दे देशको नाम चम्काईरहेका छन् । हिजोमात्र प्रितम आचार्य ले आफनो धमाकेदार प्रस्तुती दिएका थिए भने आज प्रसारण भएको कार्यक्रममा आयुषले आफनो प्रस्तुती दिएका छन् । आयुषले लक्ष्य फिल्ममा रहेको शिर्ष गीत गाएका थिए । आयुषको गायन निकै कर्णप्रिय थियो ।जजहरु सान , ऋचा शर्मा र अमाल मलिकले मुक्तकण्ठले प्रशंसा गरे ।

जज ऋचाले आयुषको प्रशंसा गर्दे आफनो इनोसेन्सलाई सधै कायम राख्न अनुरोध गरिन् भने सानले प्रितमको गायनको प्रशंसा गरे । जुरी मेम्बरबाट आज आयुषले ९७.३ प्रतिशत नम्बर ल्याए ।कश्मिरको पुलवामा भएको आतंककारी हमलापछि भारतीय सैनिकहरु को सम्मानमा प्रसारण भएको कार्यक्रममा आयुषले सय प्रतिशत नल्याए पनि उनको प्रस्तुत मन छुने रहेको थियो ।यसअघि उनले नेपाली पोशाकमा छातीमा नेपालको झण्डा र शिरमा ढाका टोपी लगाउँदै बिदेशी भुमिमा गीत गाउँदा सबै नेपालीले गर्व महसुस गरेका थिए ।सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् ।
उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य पनि हुन् ।आयुषले गीत गाइसकेपछि ‘सारेगामापा लिटिलच्याम्प’का जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै’ गाए। गीतमा वास्तविक स्वर ‘द हिमालयन ब्याण्ड’को रहेको छ। गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो। हेर्नुस् यो भिडियो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
https://www.facebook.com/1885992811634678/videos/379709559425242/



