काठमाडौं- नेपालको लोकप्रिय हाँस्य टेलिसिरियल ‘भद्रगोल’को चर्चित पात्र पाँडेको चरित्रप्रति पाण्डे समाजले आपत्ति जनाएको छ । सिरियलमा पाँडेको भूमिका भँडुवाको रूपमा देख्न सकिन्छ ।

पाँडे चरित्रले समग्र पाण्डेहरूको मनमा चोट पुगेको भन्दै ‘नेपाल पाण्डे समाज’ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । ‘लोकप्रिय टेलिसिरियल भद्रगोलमा पाँडे पात्रलाई कहिलेकाहीँ अतिशयोशक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरूको मनमा चोट पुर्‍याएको महसूस गरिएको हुँदा र समाजमा दुखेसो प्राप्त भएकोले समाजको ध्यान केन्द्रित भएको छ,’ नेपाल पाण्डे समाजले मिडिया हबलाई पठाएको पत्रमा भनिएको छ ।

महासचिव सागर पाण्डेयको हस्ताक्षर भएको पत्रमा उल्लेख गरिएको छ, ‘हाँस्य पात्रको रूपमा चित्रण गर्दा जोसुकैको मन दुख्नु स्वभाविकै हो । त्यसैले यस समाजले समाजमा असर पुर्‍याउने प्रदर्शन नस्वीकार्ने व्यहोरा जानकारी गराउँदै ध्यानकर्षण गराउन चाहन्छौं ।’

तर भद्रगोलमा पाँडेको भूमिका नै निभाएका अर्जुन घिमिरेले भने विशेष थरको मनमा चोट पुर्‍याउने आफूहरूको उद्देश्य नभएको बताएका छन् ।

के भन्छन् भद्रगोलका पाँडे ?

पाण्डे समाजले आपत्ति जनाउनुभएको रहेछ । मैले गरेको क्यारेक्टर पाण्डे होइन, पाँडे हो । यो सिरियल हिजोको आज उत्पादन भएर टिभीमा आएको पनि होइन । सिरियल शुरूआत गरेको आठ वर्ष भयो ठ्याक्कै । यो अवधिमा उहाँको समाजले हाम्रो सिरियल एक भाग पनि हेरेको रहेनछ कि त ! अहिले आएर उहाँहरूले आपत्ति जनाउनुभयो । पाँडे भनेको समाजको नाटकीय पात्र हो । रियलमा कसैलाई गाली गरेको होइन, नाटक हो । यसलाई नाटककै रूपमा बुझिदिनुभएको भए हुन्थ्यो । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिमा मान्छेहरू हुनुहुन्छ । विभिन्न थरका मानिसहरू हुनुहुन्छ । नाम राख्ने क्रममा एउटा न एउटा थरसँग मिल्छ । संयोगवश समाजमा भाँड्ने खाले क्यारेक्टर खोज्दै जाँदा आलुपाँडे टाइपकै राखौं भन्ने भयो । आलुपाँडे राख्ने भन्दा पनि आलु हटाएर पाँडे राखौं भनेर राखिएको हो । समग्रमा चित्त नबुझेको कुरा भन्न पाइन्छ । कथा लेख्ने क्रममा उहाँहरूको भित्री मन दुखेको भए क्षमा चाहन्छौं हामी । व्यक्तिगत रूपमा हामी उहाँहरूलाई धेरै सम्मान गर्छौं ।

तस्वीर : अर्जुन घिमिरे ‘पाँडे’को फेसबूक वालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah