मुम्बई : बलिउड अभिनेत्री भूमि पेडनेकर फिल्म ‘पति, पत्नी और वो’ बाट धेरै उत्साहित छिन्। यो फिल्ममा उनको साथमा कार्तिक आर्यन र अनन्या पाण्डे पनि देखिने छन्। त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्ममा भूमि एक सहरी युवतीको भूमिका निर्वाह गरिरहेकी छन्।

यो भूमिका अहिलेसम्म भूमिले निर्वाह गरेका सबै रोलभन्दा भिन्न छ। आफ्नो वास्तविक जीवनको निकै मिल्दोजुल्दो भूमिका निर्वाह गर्न पाएकोमा भूमि रोमाञ्चित छिन्। भूमिले पति पत्नी और वो एक मनोरञ्जनपूर्ण फिल्म हुने बताएकी छन्। ‘यो मेरा लागि फरक अनुभव हो किनकि मैले अहिलेसम्म त्रिकोणात्मक भूमिका निर्वाह गर्न पाएको थिइनँ।

म जुन भूमिका निर्वाह गर्दैछु जुन मैले अहिलेसम्म निर्वाह गरेको सबैभन्दा अलग भूमिका हो।’ भूमिलाई अहिले बलिउडकी सबैभन्दा रोमाञ्चक युवा प्रतिभाको सूचीमा गनिन्छ। उनले अहिलेसम्मका आफ्ना सबै फिल्ममा फरक छाप छोडेकी छन्।

भूमि भन्छिन्, ‘मैले आफ्ना सबै फिल्ममा आत्मविश्वासले भरिएकी युवतीको भूमिका निर्वाह गरेकी छु। यो पूरै अलग छ। यसमा एक सुपर कफिडेन्ट युवतीको भूमिकामा छु। मेरा अन्य क्यारेक्टर मजबुत र सशक्त थिए तर ती सबै वास्तविक दुनियाँका रेगुलर व्यक्ति थिए। यहाँ यस्तो छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah