काठमाडौँ , २० चैत । प्रियंका चोपडा र निक जोनसले धुमधामका साथ विवाह गरे । दुईजना निकै खुसी थिए । उनीहरुका आफन्त पनि । कोही व्यक्ति थिए जसलाई निक र प्रियंकाको विवाहसँग ठूलो समस्या थियो । यो सूचीमा उनीहरुका आफन्त होइन थिए ट्रोलर्स । इन्टरनेटमा ट्रोलर्सले यो जोडीबारे तथानाम भनिरहेका थिए । निकले आफूभन्दा १० वर्ष जेठीसँग कसरी विवाह गरे, यो कुरा उनीहरुलाई पचिरहेको थिएन । यसबारे ठूला कुरा बने । जस्तोसुकै खबर आएपनि उनीहरुको विवाह धुमधामका साथ भयो । यस्तो लाग्यो मानिसहरुको अब मुख बन्द भएको छ ।

प्रियंका पनि विवाह पछि निकको परिवारसँग निकै घुलमिल भइन् । सबैले छुट्टी सँगै मनाइरहेका थिए । चाडपर्व सँगै मनाइरहेका थिए । निकै मस्ती गरिरहेका थिए । प्रियंकाले निकको परिवारसँग मस्ती गरिरहेको तस्बिर सोसल मिडियामा पोष्ट गरिराख्छिन् । त्यसकारण जब एकाएक प्रियंका र निकको सम्बन्धविच्छेदको खबर आयो तब अमेरिकालगायत भारतीय र नेपाली मिडियामा पनि हलचल पैदा भयो ।

एकपटक पुनः प्रियंका र निकको चर्चा सुरु भयो । वास्तवमा एक अमेरिकी गसिप म्यागजिन छ । ओके । त्यसमा छापिएको खबर अनुसार निक र प्रियंकाले विवाह भएको चार महिना नबित्दै सम्बन्धविच्छेद गर्दैछन् । दुबैको सोच नमिलेको भन्दै उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको बताइयो । उनीहरुबीच हरेक विषयमा झगडा भइरहेको पनि बताइयो ।रिपोर्टमा लेखिएको थियोः

‘निकलाई लाग्थ्यो कि प्रियंका निकै ‘कूल’ छिन् । आरामको जीवनयापन गर्छिन् । तर विवाहपछि निकले प्रियंकाको नयाँ रुप मात्रै देखे । उनी निकै कन्ट्रोलिङ छिन् । साथै निकै रिसाहा पनि । यी कुरा निकलाई विवाह अघि थाहा थिएन ।’

यहाँ भनिराख्नु पर्दैन कि यो खबर बकवास हो र यसमा कुनै वास्तविकता छैन । जब यो खबरको पुष्टि गर्न प्रियंकाका प्रतिनिधीसँग कुरा गरियो तब उनीहरुले यसलाई झुटो बताए । अब निक र प्रियंका यो म्यागजिनमाथि मुद्धा हाल्ने सोचिरहेकी छिन् । झुटो खबर फैलाएकोमा ।

यसपटक त प्रियंकाले झुटबाट पर्दा उठाएकी छिन् । तर यो पूरा घटनाले एउटा कुरामाथि प्रकाश पारेको छ । निक र प्रियंकाको विवाहमाथि यी सबैको नजर किन अडिएको छ रु उनीहरुको विवाह टुट्ने खबर म्यागजिनमा किन छापियो रु

यसको पछाडि कारण छः

– साधारणतया समाजमा एउटा नियम छ । सम्बन्धमा केटा जेठो र केटी कान्छी हुनुपर्छ । योभन्दा विपरित भयो भने समाजको नजरमा गल्ती हुन्छ । उनीहरुका अनुसार यो विवाह टिक्दैन ।

– जातबारे नेपालमा मात्रै कुरा हुँदैन । यो संसारभरी फैलिएको छ । मात्र यसका भिन्न रुप छन् । भन्नुको तात्पर्य यो हो कि प्रियंका हिन्दुस्तानी हुन् । उनको हुर्काइ बढाइ भिन्न छ तर निक अमेरिकी छन् । उनको लालनपालन पनि भिन्न छ । यी दुई कसरी मिल्न सक्छन् रु दुई भिन्न संस्कृति कसरी मेल खान सक्छन् रु– कुनै शंकालु आफन्त झैं मानिसहरुको यो मान्यता छ कि यदि कसैले आफूभन्दा जेठी महिलासँग विवाह गर्छ भने त्यसको पछाडि कुनै षड्यन्त्र हुन्छ । यस्ता मानिसहरुका अनुसार प्रियंकाले पक्कै पनि निकको पैसा देखेर विवाह गरेकी हुन् । उनीहरुलाई थाहा छैन कि प्रियंका आफैं पनि एक अन्तरराष्ट्रिय स्टार हुन् । उनको आफ्नै बलियो बैंक ब्यालेन्स छ ।

अब यदि विवाहमा यतिधेरै ‘समस्या’ छ भने विवाह कसरी टिक्छ रु यो विच्छेद हुने कुरा निश्चित छ । र यहाँबाटै उब्जन्छ सम्बन्धविच्छेदको झुटो अफवाह ।

तर प्रियंका चोपडा एक्ली होइनन् जसको विवाहमाथि संसारको नजर अडिएको छ । प्रियंकाकी निकै नजिककी साथी मेगन मर्कलको विवाह पनि धेरैलाई पचेको छैन । कारण त्यही । बेलायती समाज यो जोडीलाई अपनाउनका लागि तयार नै छैनन् ।

मेगनको विवाह ब्रिटेनका राजकुमार ह्यारीसँग भयो । जबदेखि दुईको विवाह भयो मिडिया उनीहरुमाथि बढी केन्द्रीत छ । उनीहरुबारे दैनिक कुनै न कुनै खबर छापिएकै हुन्छ । हरेक दिन उनीहरुको विवाह टुट्ने खबर आउँछ । यदि तपाईंले यी खबर पढ्नुभयो भने तपाईंलाई मेगनभन्दा खराब महिला अरु कोही लाग्दैन । तर यो घृणाकोकारण रु

– मेगन एक सम्बन्धविच्छेद भएकी महिला हुन् ।

– ब्रिटेनकी होइनन् ।

– ठिमाहा हुन् ।

– उनी शाही परिवारकी सदस्य होइनन्

– विवाह अघि मेगन एक नायिका थिइन् । हलिउडमा काम गर्थिन् । उनको रहन–सहन, जीवनशैली निकै भिन्न थियो ।

यी कारणले मेगनलाई ब्रिटिश समाजले उनलाई अपनाउन सकिरहेका छैनन् त्यसकारण उनको विवाह टुट्ने खबर आइरहन्छ ।यो समाचार एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah