काठमाडौं । चलचित्र लभ स्टेशन शुक्रबारबाट रिलिज भएको छ । पहिलो दिन लभ स्टेशनले दर्शक उपस्थिति राम्रो पाएको छ । अभिनेता प्रदीप खड्का स्टारर चलचित्र ‘लभ स्टेशन’ले उत्साहजनक ओपनिङ गरेको काठमाडौंमा रहेका मल्टीप्लेक्स तथा सिंगल पर्दा रहेका हलहरुमा दर्शकको उपस्थितिले देखाएको थियो । 
प्रदीप आफैं हलहरुमा पुगेका थिए, त्यसबेला दर्शकले उनलाई घेरेका समेत थिए ।
यो फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीपले दोस्रो पटक अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् ।

यसअघि फिल्म ’लिलिबिली’ मा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । गोविन्द शाही निर्मित यसमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।



